युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ११ गते १ अर्ब २३ करोड रुपैयाँ बराबरका १ करोड २३ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो। यस कार्यका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ जारी गर्नेछ। ताप्लेजुङ जिल्लामा ५० मेगावाट क्षमताको 'मेवा खोला जलविद्युत आयोजना' निर्माण गर्दै आएको यस कम्पनीको अध्यक्ष आशिष थापा हुन्।
कम्पनीको ५७ प्रतिशत शेयर स्वामित्व युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडसँग रहेको छ भने अन्य प्रमुख शेयरधनीहरूमा टक्सार पिखुवाखोला हाइड्रो र सुर्यतारा इन्भेष्टमेन्ट प्रालि रहेका छन्।