बीमा कम्पनीहरुको पूँजी बढ्ने,यस्तो छ आजको समितिको निर्णय

बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो। 

 आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छबीमा कम्पनीहरुले तोकिएको चुक्तापुंजी कसरी पुर्याउने भन्नेबारे पुंजीवृद्धि योजना आजदेखिको ३० दिनभित्र बीमा समितिमा बुझाउनुपर्नेछ। बीमा कम्पनीहरुलाई तोकिएको चुक्तापुंजी पुर्याउन १ बर्षको अवधि दिईनेछ।

हाल निर्जीवन बीमा कम्पनीका लागि कम्तिमा १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि कम्तिमा २ अर्ब पुँजी तोकिएको छ। । 

प्रतिक्रिया