निरन्तर ओरालो लाग्दै नेप्से १९ सयको विन्दुमा

काठमाडाैं - नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रम अझै रोकिएको छैन। नयाँ वर्ष सुरु भएसँगै कारोबार भएका सबै कारोबार दिनमा नेप्से घटेको छ। 

मङ्गलबार परिसूचक करिब १५ अंकले घटेर समग्र नेप्से १९९१ को विन्दुमा आएको छ । नेप्से सँगै कारोबार रकम पनि घट्दो छ आज २ अर्ब १० करोड हाराहारीको शेयर किन बेच भएको छ । 

ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.२६ अंकले घटेर ३५३.५१ बिन्दुमा रोकिएको छ ।

३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ वटै परिसूचक घटेर राताम्य बनेको छ । यसदिन कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया