• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन अब २ दिन मात्र बाँकी

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 
रेटिङ कति ?

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।
काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 
कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 
कम्पनीकाे वित्तीय अवस्था :

चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १९.२३ प्रतिशतले घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ ।हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ ।

कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख ४३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ । 

प्रतिक्रिया