• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य ,
  • मुख्य खबर

६३ जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं - शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या यो बर्ष भने समाधान हुने भएको छ । 

सरकारले आजको मिति सम्ममा ६३ जिल्लाको सदरमुकाम सम्म पुस्तक पुराइ सकेको छ भने बाँकी ठाउँमा धमाधम पठाउने तयारी रहेको जनाएको छ । 

 नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक नपाउने समस्याबाट यो वर्ष मुक्ति मिले देखिएको छ । 

जनक शिक्षा सामग्री केन्द्र कोशीले यसपटक पहाडी जिल्लाहरूमा पुस्तक पुगिसकेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंङ्गामा भने केन्द्रीय कार्यालयले नै पठाउने गरेको छ । विराटनगरबाट पठाउँदा ढुवानी भाडा बढी लाग्ने भएकोले काठमाडौंले नै पुस्तक पठाउने गरेको हो । 

पहिलोपटक व्यवसायीलाई जनक शिक्षा सामग्रीले पूरै पुस्तक उपलब्ध गराएको उनले बताए । गत शैक्षिक सत्रबाट सहज भए पनि गत वर्ष दुई वटा पुस्तक भने विद्यार्थीले ढिलो मात्रै पाएका थिए । यसपटक भने सेट नै एकै पटक लिएर गएको उनले बताए । ‘यसअघि ३० हजारको पुस्तक किन्न ७ हजार खर्च गर्दासमेत पूरा सेट लान पाइँदैन थियो । अघिल्लो वर्षदेखि भने समस्या कम हुँदै गएको छ । समयमै नेपाली तथा अंग्रेजी माध्यमका सबै सेट पाठ्यपुस्तक प्राप्त भएकाले चाँडै विद्यालयमा पुर्‍याउन सक्छौं उनले भने ।

जनक शिक्षा सामाग्री कोशी प्रदेशको कार्यालय विराटनगरमा भेटिएका सुनसरीको झुम्काका व्यापारी सोवित तिम्सिनाले तीन दिनमा विद्यार्थीको हातमा पुस्तक पुर्‍याइदिने बताएका छन् ।

जनक शिक्षा सामग्री कोशी प्रदेशका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १६ लाख पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म साढे ७ लाख पुस्तक भने बिक्री गरिसकेको जनाएकोछ ।

प्रतिक्रिया