कोरियाबाट लभ गर्दाको खर्च माग्दै सर्जक मुकुन्द पौडेल

काठमाडौ - उत्कृष्ट शब्द तथा लय सिर्जना गर्ने सर्जक मुकुन्द पौडेलको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत " लभ गर्दाको खर्च" भर्खर मात्र सार्वजनिक भएको छ । 

गीतका शब्द निकै चोटिला छन् भने लय सुमधुर बनेको छ । गीतलाई लय र शब्द पौडेल आफैले गरेका हुन । खेम सेन्चुरी र गीता चनारको आवाज रहेको सो गीतले माया प्रेममा धोका खाएका युवा युवतीको कथालाई गीतमा निकै उत्कृष्ट रूपले प्रस्तुत गरेको छ । 

मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा निहारिका थापा र रमेश विश्वकर्माको अभिनय रहेको छ । 

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको सर्जक पौडेलले हामीलाई बताउनु भयो । 

 

प्रतिक्रिया