काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेको खबरसँगै सेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै बजार तीव्र रूपमा बढ्दा पोजेटिभ सर्किट ब्रेक लागेको हो। कारोबार सुरु भएको करिब दुई मिनेटमै नेप्से परिसूचक १०८.६० अंकले बढेर ४ प्रतिशतको वृद्धिसहित २८२१.१० विन्दुमा पुगेपछि सर्किट ब्रेक लागेको हो।
निर्वाचन परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि लगानीकर्तामा उत्साह देखिँदा बजारमा एकाएक खरिद चाप बढेको विश्लेषकहरूले बताएका छन्।