नेप्सेमा ४ अंकको गिरावट, १६३ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ४ अंकले घट्दै ०.१५ प्रतिशतले तल झरेको छ, जसले सूचकांकलाई २५७६.७६ विन्दुमा ल्याएको छ। आज कुल ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जहाँ १ करोड ३९ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।

शेयर बजारमा ७४ कम्पनीको मूल्य वृद्धि हुँदा १६३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ, भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा ८० हजार भन्दा बढी पटक कारोबार भई ३२० कम्पनीका शेयरहरु किनबेच भएका छन्।

चार कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ। समग्रमा १३ वटा समूहमध्ये २ समूहको शेयर मूल्य बढ्दा बाँकी ११ वटा समूहको मूल्य घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहमा २.६१ प्रतिशतको गिरावट आएको छ।

त्यसैगरी, बैङ्किङ समूह ०.७८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह पनि ०.१६ प्रतिशतले उकालो लागेको छ।

 

प्रतिक्रिया