काठमाण्डौ - आफन्तको नाममा शेयर खरिद प्रकरणमा परेका धितोपत्र बोर्डका अध्यक्ष माथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो ।
जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।
यस्तै विवाद परेपछि नेप्सेका प्रमुख साउदले पनि राजीनामा दिएका थिए । तर ढुङ्गानाले भने आफूले गल्ती नगरेका कारण राजीनामा नदिने अडान लिएका थिए ।