मुटु रेटिने शब्द सहित रुपेशको "नरोइ नरोइ जाउ"

काठमाण्डौ । थोरै तर अत्यन्तै उत्कृष्ट गीत सार्वजनिक गर्ने लोकप्रिय सर्जक तथा बहु प्रतिभाका धनी गायक रुपेश न्यौपानेको नयाँ गीत नरोइ नरोइ जाउ भर्खर मात्र सार्वजनिक भएको छ । गीतको विषय र त्यसमा कोरिएका शब्दले दर्शकलाई निकै भावुक बनाएको छ। 

प्राय विछोडका गीतमा तिखो कलम चलाउने न्यौपानेले यो पटक आफ्नो प्रेमिकाले छाडेर अरूसँगै विहे गरेको कुरालाई गीतमा परिकल्पना गरेका छन । 

रुपेश न्यौपानेको शब्द तथा लय सिर्जना रहेको सो गीतमा उनलाई आवाजमा दीपिका ब्याम्बोले साथ दिएकी छन । शुशिल कार्की र रिना गुरुङको अभिनय रहेको गीतमा सुशिल कार्कीले निर्देशन गरेका छन । 

 

प्रतिक्रिया