लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र प्रतिमा विश्वकर्माको

काठमाडाैं - नेपाली सांगीतिक क्षेत्रको कृतिमानी गीत सालको पातका गायक कुलेन्द्र विश्वकर्मा प्राय सबै समय चर्चामा छन्। उनले आवाज दिएका गीतहरू पनि सोही अनुसार दर्शक श्रोताको मन जित्ने गरेका छन्। 

युवाहरूमा लोकप्रिय गायिका हुन् प्रतिमा विश्वकर्मा। उनै प्रतिमा विश्वकर्मा र गायक कुलेन्द्र विश्वकर्माको आवाज रहेको नयाँ गीत मायाको शहर सार्वजनिक भएको छ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई छोटो समयमा दर्शकहरूले निकै रुचाएका छन्। गीतलाई टिका सानु र ताराकान्त विश्वकर्माले संयुक्त रुपमा शब्द लेखेका छन्। त्यस्तै गीतको थेगो र सङ्गीत सिर्जना भने ल्वागुन पवनले बनाएका छन् ।

पदम विश्वकर्माले संगीत संयोजन गरेको गीतलाई सुनिल विश्वकर्माले निर्देशन गरेका छन्। गीतमा लोमस शर्मा र उर्मिला पुलामी मगर को अभिनय रहेको छ। 

 

प्रतिक्रिया