काठमाण्डौ । हाल अमेरिकामा बस्दै आएका भगवान भण्डारी नेपाली लोकदोहोरीमा निकै परिचित नाम हो । बीचमा केही समय त्यति सक्रिय नभएका भण्डारी पछिल्लो समय निरन्तर आफ्नो सिर्जना मार्फत दर्शक माझ आइरहेका छन ।
दर्जनौं उत्कृष्ट गीतहरू सार्वजनिक गरिसकेका भण्डारी अडियो क्यासेट बिक्री हुने समयका निकै चर्चित गायक हुन । उनी भण्डारीले पछिल्लो समय नयाँ गीत झ्यालैमा ऐना भर्खर मात्र सार्वजनिक गरेका छन । अडियो र गायकी मन समेत उत्कृष्ट रहेको गीतमा भण्डारीले नै लय तथा शब्द सिर्जना गरेका हुन । उनलाई आवाजमा भने लक्ष्मी खड्काले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाई गीतको म्युजिक भिडियो निकै मनमोहक बनाइएको छ ।
लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेको गीतमा सुधीर श्रेष्ठ र उषा उप्रेतीको नृत्य रहेको छ । उत्कृष्ट गीतमा आफूले काम गर्न पाएको प्रति निर्देशक प्रकाश पनि निकै खुसी छन । उनले गीतबाट राम्रो प्रतिक्रिया आइरहेको बताउँछन ।