ग्लोबल आईएमई बैंकको बोनस लिन कहिले सम्म शेयर सदस्य बन्नु पर्छ ?

काठमाडौं - केही समय अघि लाभांस घोषणा गरेको ग्लोबल आइएमई बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । 

सभामा १०% बोनस सेयर र करसहित ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । साथै, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर १० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया