काठमाडौंं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २ करोड ६८ लाख रुपैयाँ थियो। यस अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा ७८.२९ प्रतिशत घटेको हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २.३९ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्जमा २ करोड ९३ लाख रुपैयाँ राखेको यस लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७८.६८ प्रतिशत घटेको छ।
लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि उल्लेख्य घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ३८ रुपैयाँ ३ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २९ रुपैयाँ ७७ पैसा घटेर ८ रुपैयाँ २६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ।
२८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, यस तीन महिनामा लघुवित्तको सापटी ३.५२ प्रतिशत बढेको छ भने कर्जा ७.७३ प्रतिशत बढेको छ।