पोखरा फाइनान्सको लाभांस घोषणा,नगद र शेयर कति ?

काठमाण्डौ । अघिल्लो आर्थिक बर्षमा भएको आम्दानीबाट पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजो पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८।०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२५ प्रतिशत नगद गरी कुल ८।५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया