काठमाडौं - मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा आज (पुस १९ गते) बस्दैछ । सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुनेछ ।
सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । यस्तै, सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।
सभा प्रयोजनका लागि मनकामना स्मार्टले पुस ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।