काठमाडौं - भर्खर मात्र आइपीओ निष्कासन भएको हिमालयन रिइन्स्योरेन्स शेयरले लगातार छैटौं दिन पनि सर्किट लागेको छ ।
अघिल्लो हप्ता आइपीओ खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य लगातार ६० प्रतिशतले बढिसकेको छ ।
आज मात्र कम्पनीको शेयर मूल्य ४९.७० रुपैयाँले बढेको छ । यो सँगै प्रति कित्ता शेयर मूल्य ५४७.५० रुपैयाँ पुगेको छ ।
यो कम्पनीको शेयर आज २३ लाख कित्ता सम्म माग पुगेको छ ।