नेपाली महिलाहरूको चाड तीजलाई लक्षित गर्दै "जिन्दगानी के रैछ" शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। अश्लीलता र भल्गर गीतहरूको भीडमा यो मौलिक गीतले केही राहत दिएको छ। आशिष म्युजिक प्रालिको प्रस्तुतिमा रहेको यस गीतमा बहुचर्चित गायक राजु परियार र सीता श्रेष्ठको स्वर रहेको छ।
युवा सर्जक बाल कुमार श्रेष्ठले लेखेको र संगीतबद्ध गरेको यो गीतमा सागर लम्साल 'बले' र अनुशा पन्तको कारुणिक अभिनय देख्न पाइन्छ। स्मृति तिमल्सिनाको कोरियोग्राफी, राम्जी पन्तको निर्देशन र करण चैसिरको क्यामेरामा कैद भएको यो गीत बिष्णु शर्माले सम्पादन गरेका हुन्।
गीतले एकै दिनमा एक लाखभन्दा बढी दर्शकको ध्यान आकर्षित गरेको छ र टिकटकमा पनि लोकप्रिय भइरहेको छ।
गीतमा पारिवारिक कथा केन्द्रीय विषयवस्तु बनाइएको छ, जहाँ धनी केटासँगको सामान्य परिवारकी बुहारीले पाएको दुःख र गाउँको झुपडीमा रमाएको एक पुरुषको शहर प्रवेशपछि तहसनहस भएको जीवनको कथा समेटिएको छ। अन्यको प्रगति मात्र देख्ने र थकित जीवन जिउँदै गरेका एक युवाको संघर्षको कथालाई पनि यसमा समावेश गरिएको छ। गीत "Nepali Lok Geet Dohori" नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।