रमेश सेन्चुरी/ बागलुङ गैरागाउँ–काठमाडौं विश्वकर्मा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा काठमाडौंको चर्कपथमा आयोजित कार्यक्रममा बागलुङको गैरागाउँमा स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाएर बसोबास गरिरहेका महिला दिदिबहिनीहरुबीच एकता, सद्भाव र आपसी सहयोग अभिवृद्धि गर्नु रहेको समाजका अध्यक्ष सरोज बिश्वकर्माले जानकारी दिनुभयो। “यस किसिमको कार्यक्रमले दुःखसुख साटासाट गर्न सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष बिश्वकर्माले बताउनुभयो । उक्त कार्यक्रमको स्वागत मन्तव्य सस्थाका सचीव किसन सेन्चुरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मुना सेन्चुरी घमालले गर्नुभएको थियो।
विभिन्न कारणले माईतीमा जान नसकेका चेलिबेटीहरूलाई निराश हुन नदिन दर खाने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सरोज विश्वकर्माले तिजको शुभकामना दिँदै संस्कृतिको संरक्षण गर्न आह्वान गर्नुभयो । महिलाहरुको महान पर्वका रुपमा लिईने तिज पर्वको अवसरमा महिलाहरुले कुनै तनाव नलिई हर्ष उल्लासका साथ मनाउँदै संस्कृतिको जर्गेना गर्नुपर्ने भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण उपाध्यक्ष राम सेन्चुरी,सह सचीव प्रविन रामदाम, कोषअध्यक्ष रमेश सेन्चुरी, सह कोषअध्यक्ष सचिन बिश्वकर्मा सदस्यहरु कृष्ण बिश्वकर्मा, किशोर बिश्वकर्मा, महिला सदस्य सरस्वती बिश्वकर्माको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।