लगातार ७ दिन घटेपछि बढ्यो नेप्से, हिमालयन रिइन्सुरेन्सको सबैभन्दा धेरै कारोबार

काठमाडौं - लगातार सात दिन घटेको नेप्से परिसूचक आज साताको पहिलो दिन भने १० अङ्कले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २०९४ विन्दुमा पुगेको छ । 

नेप्से सामान्य अङ्कले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। आज करिब ४ अर्ब बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये हिमालयन रिइन्सुरेन्सको सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ। 

त्यस्तै आज तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। कारोबार भएका मध्य १५७ कम्पनीको शेयर मूल्य बढेको छ । 

बैंक,होटल र उत्पादन उपसुचक घटेका छन् भने बाँकी उपसूचक भने सामान्य बढेका छन् । 

पछिल्लो समय करिब १ सय अंक हाराहारी ओरीपरी नेप्से घुमिरहेको छ । 

प्रतिक्रिया