काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आइतबार पनि शेयर बजार ९ अंकले घटेको थियो भने आज केही सम्हालिएको छ । बजार स्थिर हुनुको पछाडी ब्याजदर बढ्नुलाई लिन सकिने कतिपयको बुझाइ छ ।
आज बजार २ अंक भन्दा धेरैले घटेको छ भने कारोबार ५१ करोडमा खुम्चिएको छ । यो समग्र बजार १८५८।३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।
आइतबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ९।६९ अकंले घटेर १८६०।९४ बिन्दुमा बन्द भएको थियो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से सामान्य ओरालो लागे पनि आज ६ उससूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०।१२ प्रतिशत, ब्यापार समूहको ०।०९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०।४१ प्रतिशत, निर्जीवन बीमा समूहको ०।१७ प्रतिशत, अन्य समूहको ०।३६ प्रतिशत र म्युचुअल फण्डको ०।२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।