काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ आज ९असार ३०० देखि निष्काशन गरेको छ। बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो।
कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत ९१८ लाख कित्ता० व्यक्तिगत तवरबाट तथा बाँकी ४० प्रतिशत ९१२ लाख कित्ता० सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणको हिस्सामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
न्यूनतम आवेदन २५ कित्ता राखिएको छ भने इच्छुक लगानीकर्ताले अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा लगानीकर्ताले आर्जन गरेको ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक अन्त्यमा कर कट्टा गरी भुक्तानी गरिनेछ।
ऋणपत्र निष्काशन सबैभन्दा छिटो साउन १ गते बन्द हुनेछ भने ढिलोमा साउन १२ गते सम्म खुला रहनेछ।
यस ऋणपत्रको बिक्री तथा निष्काशन प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो। लगानीकर्ताहरूले ‘मेरो शेयर’ अनलाइन प्रणाली वा आस्बा सेवामा सहभागी बैंकरवित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस ऋणपत्रलाई “क्ष्ऋच्ब्ल्ए(क्ष्च् म्यगदभि ब्” रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने उच्च सुरक्षा संकेत गर्दछ।
| विवरण | जानकारी |
|---|---|
| ऋणपत्र नाम | ७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९० |
| कुल ऋणपत्र कित्ता | ३० लाख कित्ता (३ अर्ब रुपैयाँ बराबर) |
| ब्याजदर | वार्षिक ७% |
| अवधि | १० वर्ष |
| व्यक्तिगत तर्फ | १८ लाख कित्ता (६०%) |
| सर्वसाधारण तर्फ | १२ लाख कित्ता (४०%) |
| सामूहिक लगानी कोष | ६० हजार कित्ता (सर्वसाधारणमध्ये ५%) |
| न्यूनतम आवेदन | २५ कित्ता |
| अधिकतम आवेदन | सम्पूर्ण उपलब्ध कित्ता |
| निष्काशन बन्द मिति | छिटोमा साउन १, ढिलोमा साउन १२ |
| ब्याज भुक्तानी | अर्धवार्षिक, कर कट्टासहित |
| बिक्री प्रबन्धक | नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड |
| क्रेडिट रेटिङ | ICRANP-IR Double A (उच्च सुरक्षा स्तर) |
| आवेदन माध्यम | मेरो शेयर / C-ASBA बैंक शाखा |