तीनपटक सर्किट लागेसँगै सोमबार नेप्से बजार १२ बजे नै बन्द

काठमाडौँ - राजनीतिक माहोलले जसरी देश तरङ्गित बनेको छ त्यसरी नै सेयर बजारमा पनि यसको प्रभाव देखिएको छ।

सोमबार कारोबार सुरु भएको पहिलो तीन मिनेटमै नेप्से परिसुक सूचक ४% बढेर सर्किट लागेको छ । 

कारोबार सुरु भएको पहिलो एक घण्टामा ४% नेप्से बढेसँगै वा घटेमा सर्किट ब्रेक लाग्ने नियम रहेको छ। सोही नियम अनुसार सर्किट ब्रेक लागेको हो। 

सुरुको ३ मिनेटमै नेप्से परिसूचक ७९ अङ्कले बढेर समग्र नेप्से २०३९ बिन्दुमा पुगेको छ। 

अपडेट

नेप्से सोमबार सर्किट ब्रेकर लागेर १२ बजे नै आजको कारोबार स्थगित भएको छ । सूचक मिनेटमा ६ प्रतिशतले बढेको हुनाले सर्किट ब्रेकर लागेको छ । अब कारोबार मंगलबार मात्र खुला हुनेछ । आज सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ । 

प्रतिक्रिया