सानिमा लाईफको शेयर भोलिदेखि कारोबार हुने,पहिलो दिनमै लगानीकर्ताले ३ सय प्रतिशत कमाउन सक्ने

काठमाडौं । केहि समय अघि प्राथमिक शेयर निष्कासन गरेको सानिमा लाईफ इन्सयेरेन्सको शेयर भोलीबाट दोस्रो बजारमा प्रवेश गर्ने निश्चित भएको छ । 

 नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको शेयरलाई एसएलआई संकेत प्रदान गरि हितग्राही खातामा जम्मा भइसकेको छ। नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३।१७ रुपैयाँदेखि अधिकतममा ३०९।५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ।

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

 

 

प्रतिक्रिया