काठमाडौँ — हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले साउन २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
असार २० गते बुकक्लोज गरेको कम्पनीका शेयरधनीहरुले असार १९ गतेसम्म कायम शेयरधनीहरुले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपश्चात १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। हकप्रदबाट उठ्ने पूँजी बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।