लोकप्रिय गायिका शान्ती श्रीको यो वर्षको लागि तीज गीत माझी दाइ

काठमाण्डौ । यो वर्ष सर्वाधिक चर्चामा रहेकी लोकप्रिय गायिका हुन शान्ती श्री परियार । तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज गीतहरू आवाज दिएकी छन भने उनले आवाज दिएका गीतहरू चर्चामा समेत आइरहेका छन । 

यसै बीच परियार माझी दाइ बोलको तीज गीत सार्वजनिक गरेकी छन । हरेक तीजमा दर्शक स्रोताको लागि गीत सार्वजनिक गर्ने गरेकी छन । प्राय पशुपति शर्मासँग सहकार्य गर्ने परियारले यो पटक भने नेत्र अर्याल र खेम सेञ्चुरीसँग सहकार्य गरेकी छन । 

उनको तीजले एक युवतीको भावनालाई गीतको विषय बनाइएको छ भने उनको एकल आवाज रहेको छ । चर्चित निर्देशक शिव विकले गीतको कलात्मक भिडियो बनाएका छन भने गीतमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको गायिका परियारले आर्थिक सन्देशलाई बताउनु भयो । 

 

प्रतिक्रिया