एआईजी चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका ३२औँ आईजीपी नियुक्त

काठमाडौँ – नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) का रूपमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

 

खापुङ प्रहरी संगठनभित्र पहिलो वरीयतामा रहेका एआईजी हुन्। हालका आईजीपी दीपक थापा आगामी भदौ १८ गते अनिवार्य अवकाशमा जाने भएपछि खापुङको नियुक्ति त्यही मितिदेखि लागू हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय