कांग्रेस सभापतिको मतगणना सुरु,देउवाले ल्याए सवै भन्दा धेरै मत

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान राती १२ बजे सकिएको छ । यो सँगै अहिले मत गणनसुरु भएको निर्वाचन समितिले जनाएको छ । 

सभा गृहमा ३ ठाउँमा गणना सुरु भएको साथै ३ घण्टामा नतिजा आइसक्ने समितिको भनाइ छ । 

कांग्रेस सभापतिमा ५१ प्रतिशत मत ल्याउनु पर्ने भएको हुँदा पुन्मतदान समेत गर्नु पर्ने सम्भावनालाई ख्याल राखी गणना छिटो गरिएको हो । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन : सभापति पदका उम्मेदवारको मतगणना जारी

-जम्मा २ हजार २ सय मतगणनामा देउवा १०५१, कोइराला ७९३, सिंह २०४, निधि १२०, गुरुङ १० ।

 

प्रतिक्रिया