एक तिहाइ हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीमध्ये करिब एक तिहाइ अर्थात् ३१ वटा कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा जुटेका छन्। नयाँ जलविद्युत आयोजना निर्माणमा लगानी गर्न र लिएको ऋण भुक्तानी गर्नका लागि यी कम्पनीहरू हकप्रद शेयर निष्कासनमा अगाडि बढेका हुन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ११ वटा कम्पनीले अनुमति माग गरिसकेका छन् भने अन्य कम्पनीहरूले वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी प्रक्रिया अगाडि बढाइरहेका छन्। सेबोनले यस आर्थिक वर्षमा चार कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ भने गत आर्थिक वर्षमा ६ कम्पनीले यस्तो अनुमति पाएका थिए।

लगानीकर्ताहरू पनि हकप्रद शेयरमार्फत दीर्घकालीन ऋण चुक्ता भइसकेपछि लाभांश पाउने आशामा यस्ता कम्पनीहरूमा आकर्षित हुँदै आएका छन्। यसले गर्दा हकप्रद शेयर निष्कासनप्रति जलविद्युत कम्पनीहरूको रुचि अझ बढ्दो छ। हकप्रद शेयर निष्कासन अनुमतिका लागि विद्युत नियमन आयोगको अनुमति अनिवार्य गरिएको छ।

कम्पनीको नाम अनुपात / प्रतिशत स्टेटस उद्देश्य
लिबर्टी इनर्जी 1:0.5 निष्कासन सम्पन्न नयाँ आयोजना / ऋण भुक्तानी
बलेफी हाइड्रोपावर 1:1 निष्कासन सम्पन्न ऋण भुक्तानी
ङादी ग्रुप पावर 1:1 निष्कासन सम्पन्न आयोजना विकास
दोर्दी खोला जलविद्युत 1:1 जारी गर्दै आयोजना विकास
घलेम्दी हाइड्रोपावर 1:2 अघिल्लो वर्ष स्वीकृत छुजुङ्ग खोला आयोजना लगानी
सिंगटी हाइड्रो इनर्जी 1:1 अघिल्लो वर्ष स्वीकृत -
अरुण भ्याली हाइड्रोपावर 1:1 अघिल्लो वर्ष स्वीकृत -
रिडी पावर 1:0.5 अघिल्लो वर्ष स्वीकृत -
हिमालयन ऊर्जा विकास ९९ लाख कित्ता अघिल्लो वर्ष स्वीकृत -
आँखुखोला जलविद्युत 1:1.5 अघिल्लो वर्ष स्वीकृत आयोजनामा लगानी / ऋण भुक्तानी

सेबोनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरू:

कम्पनीको नाम प्रस्तावित अनुपात / प्रतिशत
बाराही हाइड्रोपावर 1:1
शिवश्री हाइड्रोपावर 1:1
बुद्धभूमि नेपाल हाइड्रोपावर 1:1
छ्याङदी हाइड्रोपावर 1:1
बरुण हाइड्रोपावर 1:1
राप्ती हाइड्रो 1:1
खानीखोला हाइड्रोपावर 1:1
तेर्हथुम पावर 1:1
रिभर फल्स पावर 1:1
जोशी हाइड्रोपावर 65%
पिपल्स पावर 50%

अन्य प्रस्ताव पारित गरेका कम्पनीहरू:

कम्पनीको नाम प्रस्तावित अनुपात / प्रतिशत
युनाइटेड मोदी हाइड्रोपावर 65%
पाँचथर पावर 1:1
दिव्यश्वरी हाइड्रोपावर 1:1
माइखोला हाइड्रोपावर 1:1
मोदी इनर्जी 1:1
माउन्टेन हाइड्रो नेपाल 1:1
पिपल्स हाइड्रोपावर 1:1
साहस ऊर्जा 1:1
सयपत्री हाइड्रोपावर 1:1
थ्रीस्टार हाइड्रोपावर 1:1
युनाइटेड इदी मार्दी आरबी 1:1
अप्पर हेवाखोला हाइड्रोपावर 1:1
मन्दाकिनी हाइड्रोपावर 1:1.25
रुरु जलविद्युत आयोजना 80%
राधी विद्युत कम्पनी 69.89%
हिमालयन पावर पार्टनर 50%
माउन्टेन इनर्जी नेपाल 50%

प्रतिक्रिया