काठमाण्डौ - साताको अन्तिम दिन विहिबार नेप्से करिव १३ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार परिसूचक ३११० विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेर १३ अर्व ७० करोड माथि पुगेको छ ।
विहिबार प्राय बजार घट्ने गर्दछ । आज पनि खरिद भन्दा विक्री चाप बढी भएका कारण बजार घटेको हो । दिनै भरीमा २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।
आज नेप्सेका अधिकांस उपसूचकहरुमा रातो पोतिएको छ तर विकास बैकको उपसूचक भने बढेको छ । ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा उपर तामाकोशी जलविद्यतु कम्पनीको शेयर शेयर कारोबार सबै भन्दा धेरै भएको छ ।
मौद्रिक नितिको प्रतिक्षाका कारण लगानीकर्ताहरु अन्योलमा रहेको देखिएको छ । तर पनि नेप्से अहिले पनि उच्च विन्दमै छ ।