नेप्सेमा अर्धशतकको वृद्धि, आठ अर्बको कारोबार

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अर्धशतकभन्दा धेरैले बढेको छ। साथै आज एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।

५४ अङ्कले बजार बढेर समग्र बजार २१७५ विन्दुमा पुगेको छ । आज आठ अर्बको कारोबार भएको छ भने सोनामपुर मिनिरलको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

आज सबै उपसूचकहरूमा हरियाली छाउँदा वित्तीय क्षेत्रको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखिएको छ।

 

प्रतिक्रिया