• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र ,
  • जलविद्युत

साउन १४ गतेबाट नयाँ आइपीओ आउने पक्का

काठमाण्डौ - नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ । 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

निष्कासन गरिने कूल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

 आइपीओ को आवेदन श्रावण २८ गते सम्म दिन सकेन छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।  

यो शेयरमा पनि केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन छ । 

प्रतिक्रिया