जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं: जाजरकोटको नायकवाडा आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। यो भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको बताइएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसले ठूलो मात्रामा क्षति पुर्‍याएको थियो। भूकम्पको क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय