निरन्तर ओरालो लाग्दै सुनको मूल्य

काठमाडौंँ - मंगलबार प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले ओरालो लागेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँबाट घटेर प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य भने स्थिर छ ।

प्रतिक्रिया