कलमराज ढकाल/चितवन - चितवनमा ‘कलेज कोच नेपाल’ नामक नयाँ शैक्षिक परामर्श संस्था खुलेको छ। यो संस्था पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी सेवाहरू प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।
संस्थाका प्रबन्ध निर्देशक अमृत श्रेष्ठका अनुसार पहिलो चरणमा जापान, कोरिया, युके, अष्ट्रेलिया र अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भाषा प्रशिक्षण, शैक्षिक परामर्श, अफर लेटर, डकुमेन्टेसन, भिसा प्रोसेसिङ्ग, र लोन व्यवस्थापनमा प्राविधिक सहजीकरणजस्ता सेवाहरू प्रदान गरिनेछ। साथै, भिसा प्राप्त भएपछि नेपालदेखि गन्तव्य देशसम्मको यात्रा, प्रारम्भिक बसोबास, र अन्य आवश्यक कुराहरूमा समेत सहजीकरण गरिने छ।
संस्थाले आगामी दिनमा एसईई र कक्षा १२ का परीक्षा सकेर बसेका विद्यार्थीहरूका लागि कम्प्युटर कोर्सका कक्षाहरू पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ। भाषा प्रशिक्षण र कम्प्युटर कोर्सका लागि दक्ष प्रशिक्षकहरूको व्यवस्था गरिएको जनाइएको छ।
संस्थाका प्रमुख सञ्चालक डा. हरिप्रसाद कडेलले बैदेशिक कार्यक्रमहरूको समन्वय र नेतृत्व गर्नेछन्। उहाँ शिक्षा क्षेत्रमा अनुभवी र विशेषज्ञ व्यक्ति हुन्। जापान समन्वयकर्ताको रूपमा सुरज वनले नेतृत्व गर्नेछन्, जो ११ वर्षदेखि जापानमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। उहाँले जापानमा विद्यार्थीहरूको कलेज भर्ना, स्वागत, बसोबास, र रोजगारीमा सहजीकरण गर्ने जिम्मेवारीसमेत सम्हाल्नेछन्।