साढे दुई अर्व राजस्व छली गर्ने पाँच जना विरुद्ध मुद्दा दायर


काठमाडौं–बालुवाटारको जग्गा बिक्रीमा करिव साढे दुई अर्व राजस्व छली भएको अनुसन्धानमा देखिएको छ । राजस्व अनुसनधान विभागले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध उच्च राजस्व छलीमा अदालत पाटनमा मुद्दा दायर गरेको छ ।


विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो । राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन्। इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।


विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ गरी कूल बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ कायम गरेको छ।


बिभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ। कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ। श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ। राजस्व चुहावट गर्ने मनसायले जालसाजी यूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।
 

प्रतिक्रिया