सोमबार पनि बढ्यो नेप्से, हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ताको चाम

काठमाडौं - साताको दोस्रो दिन पनि नेप्से परिसूचक १० अङ्कले बढेको छ । आज कारोबार रकममा पनि सुधार आएको छ । 

४ अर्ब ५६ कोरोडको शेयर खरिद बिक्री हुँदा समग्र बजार २१०४ विन्दुमा पुगेको छ । बैंक,बीमा र लघुवित्त उपसमूह आज घटे भने अरु सबैमा हरियाली छाएको छ । 

आज तीन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । त्यस्तै आज प्रति कित्ता २५ ले यो कम्पनीको शेयर मूल्य पनि बढेको छ । 

कारोबार भएका मध्य १५६ कम्पनीको शेयर मूल्य उकालो लाग्दा ३११ कम्पनीको शेयर किन बेच भएको छ। 

प्रतिक्रिया