बाँडफाँड भएको ६ घण्टा पछि मैलुङ खोलाको आईपीओ नतिजा हेर्न मिल्ने भयो,यसरी हेर्नुहोस नतिजा

काठमाण्डौ । नजिता प्रकाशित भएको ६ घण्टा पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयर बाँडफाँड हेर्न मिल्ने भएको छ । 

सीडीएससीको आधिकारीक पोर्टलबाट नजिता प्रकाशीत भएसँगै नजिता हेर्न मिल्ने भएको छ । नजिता हेर्नको लागि यहाँ जान सक्नुहुने छ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिएको थियो।  कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोको थियो  ।


जसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको छ ।  बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गर्दा गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् ।  त्यसैगरी, १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदकको हात खाली भएको छ  ।

प्रतिक्रिया