उपनिर्वाचन -बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान

काठमाडाैं - विगतमा भन्दा क्रमश निर्वाचन प्रक्रियामा नेपाली जनताको चासो घट्दै गएको पछिल्लो उपनिर्वाचनको भएको मतदानले देखाएको छ। 

 इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ । यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन । इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेको छ । 

उ इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । 

प्रतिक्रिया