किन रोक्का गरियो महिला र महुली लघुवित्तको शेयर कारोबार ,यस्तो छ कारण

काठमाडौंँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त र महुली लघुवित्तको को शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेका अनुसार उक्त कम्पनीले समयमा नै लाभांश वितरण सम्बन्धी सूचना नदिएका कारण कारोबार बन्द गरेको हो । कम्पनीले कारोबार समयमानै लाभांश वितरण सम्बन्धि सुचना दिएपछि शेयर कारोबार रोक्का गरेको हो । साथै, दुबै लघुवित्तलाई नेप्सेले स्पष्टिकरण पेश गर्न समेत अनुरोध गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४७।५ प्रतिशतका दरले हुने आउने ७ करोड ६२ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि २।५ प्रतिशतका दरले हुन आउने ३६ लाख ८७ हजार ५ सय रुपैयाँ नगद गरी कुल ५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय