बैंकमा सहज बन्यो तरलता,कति छ सीडी रेसियो ?

काठमाडौं - एकैदिन बैंकिङ प्रणालीमा ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २० गतेसम्म ५३ खर्ब २ अर्ब निक्षेप छ । पुस १९ गतेसम्म ५२ खर्ब ९५ अर्ब रुपैयाँमात्रै थियो । सो अवधिमा वाणिज्य बैंकमा मात्रै ७ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । पुस २० गतेसम्म वाणिज्य बैंकहरुमा ४६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप छ । 

तथांकअनुसार त्यस दिन कर्जा प्रवाह भने हुन सकेको छैन । यसअवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप बढेसँगै एकैदिनमा सीडी रेसियो पनि घटेको छ । पुस १९ गते ८६.६६% मा रहेको सीडी रेसियो पुस २० मा ८६.५६% मा आएको छ । 

केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो समय अर्थतन्त्रका प्रमुख सूचकहरु सकारात्मक बन्दै गएका छन् । त्यसैले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । तथापि, बैंक तथा वित्तीय संस्थाहरुको उच्च ब्याज दरका कारण कर्जा लगानी भने बढ्न सकेको छैन । 

प्रतिक्रिया