चेलीको वास्तविक कथा र तीजको मर्म बोकेको सुदर्शन सुवेदीको तीज गीत पिंजडाकी चरी

काठमाडौं - नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिक/नजिक आइरहेको छ । यही पर्वलाई ध्यानमा राखी धेरै कलाकारहरुले तीज गीत सार्वजनिक गरिरहेका छन् । 

विगतका वर्षमा जस्तो यो वर्ष तीज गीत भन्नै लाज लाग्ने गीतहरू त आएका छैन तर तीजको मर्म र मौलिकता भने मेटिँदै गइरहेको गीतहरू सुन्दा प्रष्ट हुन्छ । केही असली तीज गीतहरू पनि सार्वजनिक भएका छन् तर उनीहरूले सोचे अनुसार दर्शक पाउन सकेका छैन । 

यस्तै मौलिक तर त्यति दर्शक पाउन नसकेको गीत हो सुदर्शन सुवेदीको नयाँ गीत पिंजडाकी चरी । वास्तविक तीजको भाव बोकेको असली तीज गीतले सोचे अनुसार दर्शक भने पाउन सकेको छैन । 

गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनाइएको छ गीतलाई सुवेदी आफैले लय तथा शब्द सिर्जना गरेका हुन् भने पूजा देवकोटाले गीतमा आवाज भरेकी छन् । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा अभिनय समेत स्मृतिकै रहेको छ । 

 

प्रतिक्रिया