काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
विशेष कुरा के छ भने श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्। रास्वपाको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
यसअघि नै सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।