आन्तरिक उडान एक दिन बन्द हुने

काठमाडौ - वायु सेवा सञ्चालक संघले स्थानीय तह चुनावका दिन आन्तरिकतर्फका सबै उडान बन्द हुने बताएको छ।

संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी शुक्रबार (वैशाख ३० गते) मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने जनाएको हो। 

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड- २०७९ अनुसार मानवीय उडान, सहायता उडान एवम सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक उडान बन्द हुनेछ' संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया