नेप्सेको हरियाली एक दिन पनि टिकेन,सोमबार दोहोरो अङ्कले घट्यो बजार 

काठमाडौं । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने घटेको छ । आज नेप्से सूचक २७।१६ अंकले घटेर १८७१।२२ विन्दुमा आएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने केही सुधार आएको छ । आज ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

सोमबार  २३३ कम्पनीको ३१ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । १६ करोड ५८ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्सुरेन्सको संस्थापक सेयर र तेस्रोमा नबिल बैंक परेका छन् ।

कारोबार भएका मध्य १९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से घटे पनि अभियान लद्युवित्तको शेयर मूल्यमा आज सर्किट लागेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय