कोभिडले चन्द्रागिरी हिल्सको घाटा पौने ४ करोड


काठमाडौं– चन्द्रागिरि हिल्सले पहिलो ३ महिनामा  ३ करोड लाख ८७ लाख रुपैयाँ घाटा व्योहोरेको छ । चन्द्रगिरि हिल्सले कोभिड १९ का कारण उक्त घाटा सहिनु परेको हो। कम्पनीले गतवर्ष १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको  थियो। 


कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ । सेमिनार, सभा सम्मेलन, रिफ्रेसमेन्ट कार्यक्रमहरु संचालन गरी आर्थिक क्रियाकलापलाई सुधारोन्मुख बनाइने कम्पनीको दावी छ। जिपलाइन, सुइङ लगायतका सुविधा समेत थप गर्ने योजना बनाई कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।  
 

प्रतिक्रिया