सात अर्ब कारोबार सहित नेप्सेमा हरियाली

काठमाडौं - बुधबार पनि नेप्से ३५ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । आज कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ । यो सँगै समग्र नेप्से २१४१ विन्दुमा पुगेको छ । 

कारोबार भएका मध्य एक दर्जन कम्पनीको शेयर मूलमा सर्किट लागेर कारोबार हुँदा शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ।

बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहमा गिरावट आएको छ । 

आज एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजा १७६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर छ । 

प्रतिक्रिया