विष्णु खत्रीको "रित्तो भकारी" : दुई दशकपछि "भरिया दाई"को टिम

काठमाडौँ – नेपालमा एउटा भनाइ छ, "जबसम्म विष्णु माझीको गीत आउँदैन, तबसम्म तीज आएजस्तो हुँदैन।" यस्तै अर्को भनाइ छ, "जबसम्म विष्णु खत्रीको गीत आउँदैन, तब दशैं आएको महसुस हुँदैन।" विगत दुई दशकदेखि दशैं विशेष गीतमार्फत दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा गायक विष्णु खत्रीले यस वर्ष पनि कारुणिक भाव बोकेको दशैं गीत "रित्तो भकारी" सार्वजनिक गरेका छन्।

खत्रीको यस गीतसँग एउटा विशेष संयोग पनि जोडिएको छ। खत्रीलाई सर्वप्रिय बनाउने दुई दशक अगाडि सार्वजनिक भएको "भरिया दाइ" गीतसँग जोडिएको टिम नै यो गीतमा पनि देखिएको छ। यस अर्थमा यो गीत विष्णु खत्री र उनका श्रोताका लागि विशेष छ।

खत्रीले प्रायः आफ्ना गीतहरूमा समाजमा भएका घटनाहरू र समाजको वास्तविकतालाई कलात्मक ढंगले प्रस्तुत गर्छन्। यस पटक पनि एक गरिब परिवारले दशैंमा भोग्नुपरेका अप्ठ्यारा परिस्थितिहरूलाई गीत र भिडियो मार्फत चित्रण गरिएको छ।

सार्वजनिक भएको छोटो समयमै यस गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ र सामाजिक सञ्जालहरूमा व्यापक चर्चा पाइरहेको छ। गीतमा विष्णु खत्रीको लय, शब्द सिर्जना, र स्वर रहेको छ भने उनलाई लक्ष्मी खड्काले स्वरमा साथ दिएकी छन्।

कृष्ण विकको संगीत संयोजन रहेको यस गीतको निर्देशन दीपेन्द्र तिमिल्सिनाले गरेका हुन्। गीतमा सुरवीर पण्डित, विद्या कार्की, चेतबहादुर सिंह, दीर्घ पुलारा, जीवन ज्ञवाली लगायतका कलाकारको उत्कृष्ट अभिनय रहेकोछ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय