मुकुन्द पौडेल र भावुक पुनको उत्कृष्ट गीत पहिलो पहिलो लभ हो चर्चामा भिडियो सहित

काठमाण्डौ । कोरियामा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति जनाउने कलाकारमा पर्दछन् सर्जक मुकुन्द पौडेल । उनका गीत थोरै छन तर जति आएका छन ती गीतहरू निकै उत्कृष्ट रहेका छन । 

यसैबीच दुई युवाहरू मुकुन्द पौडेल र भावुक पुनको सहकार्यमा बनेको नयाँ गीत पहिलो पहिलो लभ हो सार्वजनिक भएको छोटो समयमै चर्चामा आउन सफल भएको छ । गीतको सामाजिक सञ्जालहरूमा निकै चर्चा भइरहेको छ । उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको गीतमा माया प्रेमलाई निकै कलात्मक रुपमा उठाइएको  छ । 

नयाँ कलाकार भए पनि भावुक पुनले निकै कसिलो आवाज दिएका छन । उनको आवाज सुन्दा नेपाली सांगीतिक क्षेत्रमा राम्रो सम्भावना भएको कलाकारको रुपमा हेर्न थालिएको छ । गीतमा भावुकलाई आवाजमा सुनिता बूढा क्षेत्रीले साथ दिएकी छन । गीतको शब्द मुकुन्द पौडेल र लय पौडेल र भावुक पुनले मिलेर बनाएका छन । 

तलाई चर्चित निर्देशक सुनिल क्षेत्रीले निकै मेहनत गरेर म्युजिक भिडियो बनाएका छन । गीतमा सुनिल क्षेत्री,स्मारीका ढकाल र तिरज प्रधानको दमदार अभिनय रहेको छ । गीतलाई शुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको छ । 

 

प्रतिक्रिया