बजारको गिरावटप्रति चिन्तित अर्थमन्त्री,बजार गिरावटको कारणबारे जवाफ खोज्दै

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार आकस्मिक रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरीक्षण गरेका छन्। तीन हजार विन्दुमा पुगेको शेयर बजार लगातार घट्दै २,५८० मा झरेपछि अर्थमन्त्रीले बजार नियामकका प्रमुखसँग सोधपुछ गरेका थिए।

करिब ३० मिनेट नेप्सेमा बिताएका पौडेलले शेयर कारोबार रकम ३० अर्बबाट ५ अर्बमा झरेकोमा पनि चिन्ता व्यक्त गरे। उनले देशको आर्थिक अवस्था सकारात्मक हुँदाहुँदै बजार यसरी घट्नु अस्वाभाविक भएको बताउँदै छानबिनको आवश्यकता औंल्याए।

पौडेलले इन्साइडर ट्रेडिङ, कर्नरिङजस्ता गलत क्रियाकलापप्रति कडा निगरानी गर्न र सामाजिक सञ्जालमा फैलाइने अफवाह नियन्त्रण गर्न नियामकहरुलाई निर्देशन दिए। सरकार पूँजीबजारको दिगो विकासको पक्षमा रहेको र छिट्टै कदम चालिने उनको भनाइ थियो।

प्रतिक्रिया